सोमबार, असोज ६, २०७६
    राज्य-समाज

    चिनियाँ विदेशमन्त्री वाङ यीले गरे प्रचण्डसँग भेट, राष्ट्रपति सीको नेपाल भ्रमणबारे छलफल

    मंगलवार, २४ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, २४ भदौ ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र  नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी बीच मंगलबार बिहान भेटवार्ता भएको छ । 

    वाङले मंगलबार बिहान राजधानीको एक पाँचतारे होटलमा प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

    भेटमा दुई पक्षीय हित, आपसी चासो र चिनियाँ राष्ट्रपति सी जीङपीङको नेपाल भ्रमणलगायतबारे छलफल भएको बताइएको छ । 

    भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रचण्डले वाङसँग दुई देशबीचको मित्रतापूर्ण सम्बन्धलाई थप सुदृद्ध बनाउने विषयमा छलफल केन्द्रीत रहेको जानकारी दिए ।

    यस्तै नेपालको आर्थिक विकासको प्रयासमा चीनबाट हुने सहयोग र अपेक्षाका सँगसँगै दुई सहरकारकाबीचमा विगतमा भएको सहकार्य र सहयोगलाई थप विस्तार गर्नेबारे पनि छलफल भएको प्रचण्डले बताए । 

    यस्तै चिनियाँ राष्ट्रपतिको पिङको आसन्न नेपाल भ्रमणबारे पनि विचारविमर्श भएको भन्दै प्रचण्डले भेट सकारात्मक र उत्साहप्रद रहेको प्रतिक्रिया दिए ।  

    ङले यसअघि नै राष्टपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, विदेशमन्त्री प्रदीप ज्ञवालीलगायतसँग भेटवार्ता गरेका थिए ।

    आजको छलफलबाट दुई देशबीचको सम्बन्ध थप उचाईमा पुग्ने प्रचण्डले विस्वास व्यक्त गरे ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast