सोमबार, असोज ६, २०७६
    राज्य-समाज

    वामदेव गौतमलाई ज्वरो आएपछि रगत परीक्षण, डेङ्गुको आशंका, के हो डेङ्गु ?

    मंगलवार, २४ भाद्र २०७६, आहाखबर

    २४ भदौ, काठमाडौं । 

    नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई सोमबार ज्वरो आएपछि रगत परीक्षण गरिएको छ ।

    सोमबार ज्वरो आएपछि नेता गौतमको रगत परीक्षण गरिएको र डेंगु लागेको हो कि हैन, भन्ने मंगलबार रिपोर्ट आएपछि थाहा हुने उनका निजी सहयोगीले जानकारी दिए ।

    गौतमनिकट स्रोतले भन्यो, ‘ज्वरो आएकाले अहिले उहाँ घरैमा आराम गरिरहनुभएको छ, सोमबार परीक्षणका लागि दिइएको रगतको रिपोर्ट आउन बाँकी छ ।’

    यसअघि कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनालमा डेंगुको संक्रमण देखिएको थियो । मन्त्री खनाल ग्राण्डीमा उपचार गरेर सोमबार डिस्चार्ज भएका थिए ।

     

    के हो डेङ्गु 
     
    डेङ्गु रोग  एडिस जातको  पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । पोथी जातको सो लामखुट्टेको टोकाइको भाइरसबाट सङ्क्रमित भई  रोग सर्दछ । विसं २०७६ को वैशाखदेखि हालसम्म छ हजारभन्दा बढी बिरामी भइसकेका जनाइएको छ । 
     
    प्रायः सो जातको  लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ । वर्षात्को समयमा शुरु भएपछि सो रोग बढी देखा पर्ने चिकित्सकले जनाएका छन् । ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउने, अरुचि हुने, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्ने, पेट तथा आन्द्रामा गडबडी हुने सो रोगका लक्षण भएका सरुवा रोग विशेषज्ञ चिकित्सक बाँस्तोलाले जानकारी दिनुभयो । 
     
    मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु नै मुख्यरुपमा सो रोगबाट बच्ने उपाय मानिन्छ । पूरा शरीर ढाकिने गरी कपडा लगाउने लामखुट्टेको टोकाइबाट बच्न राति र दिउँसो पनि झुलभित्र सुत्ने, घर वरपर सफा राख्ने पानी जम्न नदिने, पानी राख्ने भाँडाजस्तै पानी ट्याङ्की, ग्रागी, बाल्टिन, ड्रम आदि सधैँ छोपेर राख्ने सुझाव चिकित्सकको छ । 
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast