आईतवार, असोज ५, २०७६
    सावधान

    करारमा जागिर लगाइदिने भन्दै घुस लिने विद्युत् प्राधिकरणका कर्मचारी पक्राउ

    सोमबार, २३ भाद्र २०७६, आहाखबर
    लहान, २३ भदौ
     
    अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले घुसबापत लिएको रकमसहित आज सिरहाबाट नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीलाई पक्राउ गरेको छ । 
     
    आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले विष्णपुर गाउँपालिका–१ चौकस्थित होटलबाट रु ८० हजार घुससहित नेपाल विद्युत् प्राधिकरण सिरहा शाखाअन्तर्गतको विष्णुपुर वितरण केन्द्रमा कार्यरत इलेक्ट्रसियन छेदी साह सुनारलाई पक्राउ गरेको हो ।
     
    करारमा जागिर लगाइदिने भन्दै स्थानीय एक जनासँग लिएको रु ८० हजार घुससहित साहलाई पक्राउ गरिएको आयोगले जनाएको छ । पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि बर्दिवास लगिने जनाइएको छ ।
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast