शुक्रबार, मंसिर २०, २०७६
    आर्थिक खबर

    ‘व्यवसायीको उत्पादनलाई बजारमुखी बनाउने’

    सोमबार, २३ भाद्र २०७६, आहाखबर

    ललितपुर, २३ भदौ

    ललितपुर चेम्बर अफ कमर्सले सो क्षेत्रमा रहेका व्यवसायीको उत्पादनलाई बजारमुखी बनाउँदै अघि बढ्ने बताएको छ । 

    आज जावलाखेलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कमर्सले व्यावसायिक हकअधिकार प्रवद्र्धन गर्ने उद्देश्यले यो वर्ष ललितपुरमा कमर्सको स्थापना गरिएको जानकारी दिएको छ । 

    सो अवसरमा कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले यस क्षेत्रमा रहेका हरेक व्यवसायीको हितमा कमर्सले क्षमताका साथै दक्षता विकासको काम गर्ने छ भन्दै यहाँका व्यवसायीमा दरो नीति नियम र कानूनको अभाव रहँदा कैयौँ व्यापारी आज विचौलियाको हातबाट ठगिन पुगेको बताउनुभयो ।  

    “स्थानीय सरकारको गठनपश्चात् व्यवसायीको सङ्ख्या वृद्धि भए पनि यकिन गणना हुन सकेको छैन । व्यवसायीमा एकता, समन्वय, मैत्रीपूर्ण सद्भावको विकास गरी तत्काल समस्या समाधान गर्न लागि पर्ने छौँ”, अध्यक्ष शाक्यले भन्नुभयो, “कमर्सले राष्ट्रिय र अन्तरराष्ट्रिय व्यापार मेलालगायत प्रदर्शनीको आयोजना गरी सबै निकायसँग सुमधुर सम्बन्ध कायाम गर्ने लक्ष्य अघि बढाएको छ ।” 

    कमर्सका महासचिव सुविन बज्राचार्यले व्यवसायीलाई सुविधा सम्पन्न बनाउन सार्वजनिक यातायात, अस्पतालमा विशेष सुविधाका साथै जीवन बीमाको व्यवस्था गर्न आवाज उठाउने जानकारी गराउनुभयो । 

    कमर्सका सचिव हरिप्रसाद अधिकारीले ललितपुर हस्तकलाको नगरी भएकाले सो क्षेत्रमा रहेका व्यवसायीलाई आवश्यक पूर्वाधार, सम्मानमूलक र सीपमूलक तालीम, औजार खरीदमा सहज मूल्य व्यवस्थापन र आपूर्तिको अभावमा व्यवसायप्रतिको आकर्षण गराउन कदम चलाउने सुझाव दिनुभयो । 

    यसैगरी कमर्सले सार्वजनिक गरेको विज्ञप्तिमा महालक्ष्मी नगरपालिकाको लुभुलाई टेक्सटाएल नगरी घोषण गर्ने, ललितपुरको अमूल्य सांस्कृतिक परम्परालाई संरक्षण गरी दातृ निकायसँग सहकार्य गर्ने, ललितपुरमा महिला चेम्बरको गठन गरी यहाँका महिलालाई आत्मनिर्भर बनाउन विभिन्न तालीम सञ्चालन गर्ने र हरेक व्यापारीको हितमा बजार व्यवस्थापन गरी अल्पकालीन र दीर्घकालीन योजना तर्जुमा गर्ने उल्लेख छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast