मंगलवार, कार्तिक २६, २०७६
    बैंक-बीमा

    २० अर्बको ट्रेजरी बिल बिक्री गर्दै नेपाल राष्ट्र बैंक

    सोमबार, २३ भाद्र २०७६, आहाखबर

    काठमाडौं, २३ भदौ । 

    नेपाल राष्ट्र बैंकको ट्रेजरी बिलको अनलाईन बोलकबोल समोबार दिउँसो तीन बजे हुँदैछ ।

    नेपाल राष्ट्र बैंकले २० अर्बको ट्रजरी बिल बिक्री गर्ने भएको छ  । केन्द्रीय बैंकले मंगलबार तीन भिन्न किसिमका २० अर्बको ट्रेजरी बिक्री गर्न लागेको हो । 

    राष्ट्र बैंकले दिएको जानकारी अनुसार ९१ दिनको लागि जारी हुन लागेका ८ अर्बको ट्रेजरी बिल २०७६ असोज २८ गते, १८२ दिनको लागि जारी हुन लागेको ६ अर्बको ट्रेजरी बिल २०७६ पुस २९ गते र ३६४ दिनको लागि जारी हुन लागेको ६ अर्बको ट्रेजरी बिल २०७७ असार ३० गते परिपक्व हुनेछ ।

    यसअघि २०७६  असार २३ गते जारी भएको १० करोड  रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिलमा ७५ करोड मूल्य बराबरको बिड परेको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast