बुधबार, असोज १, २०७६
    कला-सौन्दर्य

    बलिउड अभिनेत्री रविना हजुरआमा बन्दै

    सोमबार, २३ भाद्र २०७६, आहाखबर

    मुम्बई, २३ भदौ : 

    बलिउड अभिनेत्री रविना टन्डन छिट्टै हजुरआमा बन्दैछिन् । रविनाले हालै आफ्नी छोरी छायाको ‘बेबी सोअर पार्टी’ आयोजित गरेकी छन् । उक्त पार्टीमा उनका नजिकका साथी सहभागी थिए ।

    रविनाकी छोरी छायाको बेबी सोअर पार्टीको तस्बिर सोसल मिडियामा तीव्र रूपमा भाइरल भएको छ । छायाको गोद भराइमा पुगेकी रविनाकी खास मित्र पूजा मखिजाले आफ्नो इन्स्टाग्राममा यो तस्बिर सेयर गरेकी थिइन् । पूजाले बेबी सोअरको तस्बिर सेयर गर्दै रविनाको तारिफमा लेखेकी छन्, ‘हजुरआमा बन्न लागेकोमा चियर्स। राम्ररी हेरचाह गरेर आफ्नी एडप्टेड छोरीको बेबी सोअर पार्टी गरेको देखेर मन छोयो ।’

    छायालाई रविनाले १९९५ मा एडप्ट गरेकी हुन् । रविनाले २००४ मा अनिल थडानीसँग विवाह गरेकी हुन् । उनका दुई सन्तान राशा र रणवीर छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast