सोमबार, असोज ६, २०७६
    आर्थिक खबर

    आज फेरी बढ्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

    सोमबार, २३ भाद्र २०७६, आहाखबर

    काठमाडौं, २३ भदाै ।

    आज नेपाली बजारमा सुन मूल्य बढेकाे छ ।  आइतबारकाे तुलनामा  आज साेमबार सुन प्रतिताेला २ सयले बढेकाे हाे । 

    आइतबार तोलामा ५ सयले घटेको सुन सोमबार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार  सुन तोलाको ७१ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।

    यस्तै चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी तोलामा ५ रुपैयाँले घटेर ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। एक महिनादेखि सुनको भाउ बढ्ने र घट्ने क्रम जारी छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast