आईतवार, असोज ५, २०७६
    सावधान

    मेघ गर्जनसहित वर्षाको सम्भावना

    सोमबार, २३ भाद्र २०७६, आहाखबर

    काठमाडौं, २३ भदौ ।
    सोमबार मध्य र पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको सोमबार बिहान निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा औसतमा छ भने उत्तरतर्फ जाने देखिन्छ। उत्तरी- छत्तिसगढको आसपास न्युन चापीय प्रणाली रहेको छ।

    मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।

    सोमबार बिहान पूर्व र पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ। दिउँसो देशभरी सामान्य बदली भई मध्य र पश्चिमका केही स्थानमा मेघ गर्जनसहित मध्यम वर्षा हुनेछ। राति मध्य र पूर्वी भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

    मंगलबार देशभरी सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/चट्टयांगसहित मध्यम वर्षाको सम्भावना छ। मध्य र पश्चिमका थोरै स्थानहरुमा र पूर्वका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast