बुधबार, असोज १, २०७६
    कला-सौन्दर्य

    भद्रगोलबाट बाहिरिएका जिग्री-पाँडेको नयाँ टेलिसिरियल आउँदै

    आईतवार, २२ भाद्र २०७६, आहाखबर

    काठमाडौं, २२ भदौ

    मिडिया हबसँगको विवादपछि 'भद्रगोल'बाट छुट्टिएका कलाकारहरूले नयाँ टेलिसिरियल ल्याउने भएका छन् । 

    अर्जुन घिमिरे 'पाँडे', कुमार कट्टेल 'जिग्री', सागर लम्साल 'बले', हरि निरौला 'कक्रोज', मधुसुदन पाठक 'सीते बा'लगायतका २१ जना कलकारहरू अब पुन: टेलिभिजनको पर्दामा देखिने भएका छन् । 

    आइतवार अर्जुन घिमिरेले सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस राख्दै यसबारे जानकारी गराएका हुन् ।

    उनले लेखेका छन्, 'हजुरहरूले हामीप्रति देखाउनुभएको माया, सद्भाव र सहानुभूतिप्रति कृतज्ञ छौं । हामी आउँदै छौं । केही हप्ता प्रतिक्षा गर्नु होला !!'

    असोज २ गतेदेखि नेपाल टेलिभिजनमा बिहीवार उक्त टेलिसिरियल हेर्न पाइने घिमिरेले बताएका छन् । तर सिरियलको नाम भने खुलाइएको छैन । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast