बुधबार, असोज १, २०७६
    बैंक-बीमा

    ४ अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री हुने

    आईतवार, २२ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, २२ भदौ

    नेपाल राष्ट्र बैंकले सोमबार ४ अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको जानकारी दिएको हो । 

    केन्द्रीय बैंकका अनुसार रु दुई अर्ब २६ करोड बराबरको ट्रेजरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी मङ्सिर २४ गते परिपक्व हुनेछ । यस्तै रु दुई अर्ब बराबरको ट्रेजरी बिल ३६४ दिनका लागि बिक्री गर्न लागिएको छ । सो बिल भदौ २३ गते परिपक्व हुनेछ । बैंकले भदौ १६ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast