बुधबार, कार्तिक २७, २०७६
    खेल संसार

    बंगलादेशविरुद्ध नेपालको उत्कृष्ट ब्याटिङ : पवन र सन्दीपको अर्धशतक, २६२ रनको लक्ष्य

    आईतवार, २२ भाद्र २०७६, आहाखबर

    काठमाडौं, २२ भदौ ।

    श्रीलंकामा जारी एसिसी यू-१९ एसिया कप क्रिकेटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले‍ बंगलादेशलाई २ सय ६२ रनको लक्ष्य दिएको छ ।  

    टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६१ रन बनायो। नेपालका लागि सन्दीपले ३७ बलमा ३ छक्का र ३ चौकासहित ५६ रनको अर्धशतकीय पारी खेले।

    नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६१ रन जोड्यो ।

    ओपनर  पवन सर्राफ ८१ र मध्यक्रमका सन्दीप झोराले ५६ रन जोडे । रित गौतम ३२, कुशल मल्ल २८ र रोहित पौडेल १४ रनमा आउट भए । आसिफ शेखले ३ रनमात्र जोड्न सके ।

    पहिलो विकेटका लागि ४५ रन जोडेको नेपालले तेस्रो विकेटका लागि ३९ र चौथो विकेटका लागि ६६ रनको साझेदारी गर्‍यो। सर्राफले एक सय ९ बलमा एक छक्का र ८ चौका हिर्काए।  टोलीले एक सय ७३ रन जोड्दा पवन पाचौँ विकेटका रुपमा आउट भए। उनलाई मितुनजोय चौधरीले आउट गरे। त्यसपछि सन्दीप र भीमबीच छैटौँ विकेटका लागि ७१ रनको साझेदारी भयो । भीमले २१ रन बनाए ।

    पहिलो खेलमा नेपाल आयोजक श्रीलंकासँग शुक्रबार ५ विकेटले पराजित भएको थियो। त्यस हारसँगै सेमिफाइनलमा पुग्न नेपाललाई बंगलादेशविरुद्धको खेल जित्नैपर्ने दबाब बनेको छ ।

    समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। नेपाल रहेको समूह बीमा बंगलादेश २ अंकका साथ शीर्षमा र त्यति नै अंक भएपनि रनरेटमा पछि पर्दै श्रीलंका दोस्रो स्थानमा छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast