सोमबार, असोज ६, २०७६
    आर्थिक खबर

    अर्थतन्त्रको सूचकहरु सकारात्मक हुँदाहुँदै पनि भ्रम छर्न मानिसहरू परिचालित छन् : अर्थमन्त्री

    आईतवार, २२ भाद्र २०७६, आहाखबर

    काठमाडौं, २२ भदौ ।

    मुलुकभित्रैबाट देशको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास भएको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले  दुःख व्यक्त गरेका छन् ।

    अर्थतन्त्रको सबै सूचकहरु सकारात्मक हुँदाहुँदै पनि सरकारविरुद्ध भ्रम छर्न मुलुकभित्रबाटै मानिसहरु परिचालित भएको उनले बताएका छन् ।

    नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को दशौं वार्षिकोत्सवको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले साे कुरा बताएका हुन् ।

    ‘सरकारले सार्वजनिक गरेको तथा निजी क्षेत्रले छाप लगाएर सार्वजनिक गरेको तथ्यांकलाई मिथ्या भन्दै अन्तर्राष्ट्रिय संस्थामा रिपोर्टिङ गरिएको छ’, खतिवडाले भने, ‘यसले पनि भ्रम छर्नेहरू कति सक्रिय छन् भने देखाउँछ ।’

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast