सोमबार, असोज ६, २०७६
    आर्थिक खबर

    जीवनस्तर उकास्न सहकारीको महत्वपूर्ण भूमिका

    आईतवार, २२ भाद्र २०७६, आहाखबर

    काठमाडौं, २२ भदौ ।
    सहकारीकर्मीहरूले सामाजिक, आर्थिक र सांस्कृतिकस्तर वृद्धि गर्न सहकारीले  महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । पद, वर्ग, जात, लिंग र रकमका आधारमा सहकारीमा विभेद नहुने उनीहरूले बताए । न्युरोडस्थित ऐच्छिक बचत तथा ऋण सहकारी संस्थाको शनिबार भएको नवौँ वार्षिक साधारण सभामा सहभागीले सहकारी आन्दोलनको चर्चा गर्दै  महत्वबारे स्पष्ट पारेका हुन् ।

    प्रमुख अतिथि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सहकारी विभाग उपप्रमुख कमल चौलागाईले सहकारीले उत्पादनमुखी क्षेत्रमा काम गर्नुपर्ने बताए । सहकारीले निम्न र मध्यम आय भएका व्यक्तिलाई अक्सिजनको काम गरेको उनको भनाइ छ ।

    राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले बचत तथा ऋण सहकारी संस्थाको सदस्य एउटा संस्थाको मात्र बन्नुपर्ने नियम रहेको उल्लेख गर्दै सहकारी बैंकले सहयोग गर्ने प्रतिबद्धता जनाए । सहकारीको बचत संस्थाका सदस्यहरूकै लागि भएको उनले स्पष्ट पारे ।  जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागार्इंले सरकारले सहकारीलाई नियन्त्रण गर्न खोजेको आरोप लगाए । 

    कार्यक्रमका अन्य वक्ताहरूले सहकारीले जीवनस्तर उकास्न पु¥याएको योगदानको चर्चा गरेका थिए । संस्थाका व्यवस्थापक केशवप्रसाद गौतमले ऐच्छिक सहकारीको सबै सूचक सकारात्मक रहेको बताए । 

    कार्यक्रममा ७० वर्षमाथिका जेष्ठ नागरिक, एसइइमा ए प्लस ल्याउने, उच्च शिक्षा हासिल गरेका र सरकारी सेवाका अधिकृतलाई सम्मान गरिएको थियो ।

    साधारण सभामा कर्मचारीतर्फबाट दुई जनालाई सम्मान गरिएको थियो । भरतप्रसाद चौलागाईँको अध्यक्षतामा भएको साधारण सभाले गत आर्थिक वर्षको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक वर्षको योजना स्वीकृत गरेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast