शुक्रबार, मंसिर ६, २०७६
    साहित्य

    हो, म शिक्षक ।

    आईतवार, २२ भाद्र २०७६, -पुष्पराज ओझा.

    हो म शिक्षक.....

    पहिले, म अनि मेरा गुरुले सेता खरी र सेताचकले  कालो कालोपाटीमा कोर्यौँ,

    अहिले, म अनि मेरा सहकर्मी सेतो ह्वाइट बोर्डमाकालो मार्करले कोर्दैछौँ , 
    अब, म अनि मेरा उदाउँदा पुस्ताले 
    सेतो स्मार्ट बोर्ड कै भित्तामाकालाअक्षर र चित्रकोर्नेछन् ।
    आफ्नो श्यामस्वेत जीवनमा सेतो-कालो , कालो-सेतो , सेतो-कालो  
    अक्षर कोर्दै मेटदै, मेट्दै कोर्दै,
    एउटा शिक्षक असंख्य कोरा नानीबाबुहरुको रंगीनभविष्यकोर्दै छ । 

     

    हो म शिक्षक.....

    जसरी हरेक दिनत्यहीभान्साअनित्यहीदालभातसँगआफूलाई जीवित बनाउँछौँ हामी ,

    प्यासको विकल्पपानीमात्रहुँदात्यहीपानीले प्यास मेटाउँछौँ हामी , 
    ठीक त्यसरी नै , 
    हरेकदिन यिनै कक्षाकोठा अनि यिनै विद्यार्थीसँग पुलकित भै रमाउछौँ हामी । 

     

    हो म शिक्षक.....

    एउटा राष्ट्रको शैक्षिकलक्ष्य राज्यले उसकाशिक्षकमाखोज्दछ ,
    एउटा चेतनशीलअभिभावकले आफ्ना छोराछोरीको लक्ष्यउसकाशिक्षकमा रोज्दछ ,
    अनि एउटा भोकाएको बालकले आफ्नो शिक्षाको भोक उसकाशिक्षकमै मेट्दछ । 

     

    हो म शिक्षक.....

    एउटा बालक ,जसको दोस्रो घर नै पाठशाला हो , त्यहाँ
     उस्का हरेक समस्याको समाधानहौँ हामी , 
    उस्का आँसुकालागि रुमालहाैँ हामी , 
    उस्का डरकालागिदरिलो पर्खाल हौँ हामी ,
    अनि उस्का जवाफकालागि सवालहौँ हामी । 

     

    हो म शिक्षक.....

    जसरी काँचो माटोलाई कुमालेले चाहेको आकार बनाउँछ ,
    जसरी बिउ रोपेर मालीले बिरुवाको आकार बनाउँछ , 
    अनि जसरी ढुङ्गा कुटेर मिस्त्रीले घरको आकार बनाउँछ , 
    ठीक त्यसरी नै एउटा शिक्षकले बालकका सपना साकार बनाउछ ।

     

    हो म शिक्षक.....

    हो ,युगसँगै शिक्षण पद्धति फेरिएछ , 
    गुरुकुलहरु विद्यालयकलेज भए , गुरुबा-गुरुमाहरु सर÷म्यामभए , 
    मन्त्रअनिविद्याहरु थेउरी र सुत्र भए , 
    दीक्षा र उपदेश पुस्तक र इन्टरनेटमा भरिए , 
    गुरु दक्षिणामासिक र वार्षिक शूल्कमाबदलिए ,
    तर ,सिकाइजीवनअनिजीवनसिकाइभएसँगै सिक्ने र सिकाउनेहरु सदामित्रवत् छन् ।

     

    हो म शिक्षक.....

    शिक्षाको यो अतुलनियगाथागाउँदै ,
    बालककाकलिलामाथा सुम्सुम्याउँदै , 
    सर्वोच्चताको सगरमाथाचुम्ने त्यो पथमालम्केको
    एउटा शिक्षकसँग अरु कुनै पेशावालको तुलना योग्यहोला र ???

                                                                         - पुष्प ओझा

                                                                         अत्तरीया १, कैलाली

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast