सोमबार, असोज ६, २०७६
    स्वास्थ्य

    नङको सेतो भागले खोल्छ तपाईंको स्वास्थ्यका बारेमा अनेकौं रहस्य

    शनिबार, २१ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, २१ भदौ 

    तपाईँलाई थाहा नहुन सक्छ कि तपाईँका हातहरूमा अनेकौं रहस्य लुकेका हुन्छन्  । हातका रेखा हेरेर ज्योतिषीले तपाईँको भविष्य बताइदिन्छन् । औंलाको आकारप्रकार हेरेर तपाईँको व्यक्तित्व पत्ता लाग्छ । हातकै कुरा गर्दा, तपाईँले आफ्ना नङहरूलाई ध्यान दिएर हेर्नुभएको छ ? 

    नङको तल्लो भागमा आधी चन्द्रमा जस्तो आकार भेटिन्छ । यो भाग नङको अन्य भागभन्दा बढी सेतो हुन्छ । किन यस्तो भएको होला भनेर तपाईँले कहिल्यै सोच्नुभएको छ ? 

    वास्तवमा यो नङको महत्वपूर्ण भाग हो । यसलाई ल्याटिन भाषामा लुनाला भनिन्छ । नेपालीमा यसलाई सानो चन्द्रमा भनौं । यो नङको सजावट मात्र होइन, यसले त तपाईँको स्वास्थ्यका बारेमा अनेकौं रहस्य खोल्छ ।

    चीनका परम्परागत स्वास्थ्यकर्मीहरूका अनुसार यो सानो चन्द्रमा स्वास्थ्य नाप्ने साधन नै हो । तपाईँको स्वास्थ्य ठीक छैन भने यो चन्द्रमा नङमा पटक्कै देखिँदैन । स्वास्थ्य ठीक हुनेबित्तिकै यो फेरि नङमा देखिन थाल्छ ।

    चन्द्रमाले तपाईँको स्वास्थ्यका बारेमा के बताउँछन् ?

     

    १. सामान्य चन्द्रमा

    तपाईँका १० औंलाका नङमध्ये आठवटामा दूधजस्तो सेतो चन्द्रमा छ भने तपाईँको स्वास्थ्य गजबको छ भनी जान्नुस् ।

     

    २. घटिरहेका चन्द्रमा

    तपाईँका नङबाट चन्द्रमा लगातार हराइरहेका छन् वा बुढी औंलामा मात्र बाँकी छन् भने तपाईँ आफ्नो स्वास्थ्यप्रति सचेत हुनु जरुरी छ । छिट्टै बिरामी हुने कुराको सूचक हो यो ।

    स्वास्थ्य विज्ञानका विज्ञहरूका अनुसार यो सानो चन्द्रमाले शरीरसँग सम्बन्धित अन्य धेरै रोगहरूको खुलासा गर्दछन् । शरीरमा फलामको मात्रा घटेको, थाइराइड, पिटुइटेरी ग्लान्ड र बि भिटामिनको कमी भएको विषयलाई पनि चन्द्रमाले सचेत गराउँछन् । त्यसैले तपाईँ नङका यी चन्द्रमामा ध्यान दिने गर्नुहोस् किनकि जुनसुकै बेलामा पनि तपाईँको स्वास्थ्य गडबड हुनसक्छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast