सोमबार, असोज ६, २०७६
    स्वास्थ्य

    विराटनगरमा रगतको माग बढी, सङ्कलन न्यून !

    शनिबार, २१ भाद्र २०७६, आहाखबर

    विराटनगर, २१ भदौ 

    विराटनगरस्थित क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रमा रगतको अभाव भएको छ । यहाँ दैनिक ६० जनाभन्दा बढी रगत लिन आउने गरेका छन् । यहाँका विभिन्न अस्पतालमा उपचार गर्न आउने बिरामी रगतका लागि रक्त सञ्चार केन्द्र धाउने गरेका छन् । 

    “रगत लिन आउनेको सङ्ख्या बढ्दै गएको छ”, केन्द्रका प्राविधिक इन्चार्ज शिवनन्द यादवले भन्नुभयो । रगतको माग पूरा गर्न निकै समस्या भएको उहाँले बताउनुभयो । “रगतको माग बढी छ, सङ्कलन न्यून छ”, उहाँले भन्नुभयो । 

    विराटनगर पछिल्लो समयमा उपचारको केन्द्र बन्दै गएको छ । यहाँका अस्पतालमा बिरामीको चाप थेगिनसक्नु छ । रक्त सञ्चार सेवा केन्द्रका लागि  झण्डै २०० सङ्घसंस्थाले रक्तदान गरी रगत सङ्कलन गर्दै आएका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast