सोमबार, भाद्र ३०, २०७६
    कला-सौन्दर्य

    स्कार्लेट जोहान्सन वर्षकै सर्वाधिक कमाउने अभिनेत्री

    शनिबार, २१ भाद्र २०७६, आहाखबर

    एजेन्सी। अमेरिकी अभिनेत्री स्कार्लेट जोहान्सन यस वर्षकै सर्वाधिक कमाउने अभिनेत्री बनेकी छन्। उनले सन् २०१९ मा पाँच करोड ६० लाख डलर कमाएकी हुन्।

    अमेरिकी व्यावसायीक पत्रिका फोब्सले सार्वजनिक गरेको सूचीअनुसार स्कार्लेट जोहान्सन यस वर्षकै सर्वाधिक कमाउने अभिनेत्री बनेकी हुन्। पत्रिकाका अनुसार, उनले सन् २०१८ को तुलनामा यस वर्ष एक करोड ५५ लाख डलर धेरै कमाएकी छिन्। सर्वाधिक कमाउने सूचीको दोस्रो स्थानमा भने सोफिया भेरा छिन्। समीक्षा अवधिमा उनले चार करोड ४१ लाख डलर कमाएकी छिन्।

    सूचीको तेस्रो र चौंथो स्थानमा भने क्रमशः रेसी विथप्न र निकोल किडम्यान छन्। पत्रिकाकाअनुसार विगत एक वर्षमा यी दुई नायिकाले क्रमशः तीन करोड ५० लाख डलर र तीन करोड ४० लाख डलर कमाएका छन्।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast