आईतवार, असोज ५, २०७६
    सावधान

    काठमाडाैंबाट ४ राउण्ड गोली र दुई पेस्तोलसहित ७ जना पक्राउ

    शनिबार, २१ भाद्र २०७६, आहाखबर

    काठमाडौं २० भाद्र ।

    काठमाडाैंकाे माछापाेखरीबाट दुई पेस्तोल र चार राउण्ड गोलीसहित ७ जना पक्राउ परेका छन्। उनीहरूलाई  महानगरीय प्रहरी परिसर टेकुको विशेष टोलीले शनिबार साँझ पक्राउ गरेको परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले बताए।

    डीएसपी बोगटीका अनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ।  पक्राउ परेकाहरूले राजधानीमै लुटापाटको योजना बनाएको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast