सोमबार, असोज ६, २०७६
    ओएमजी Omg!

    यसरी हुन थाल्यो मानव बेचबिखन तथा ओसारपसार

    शनिबार, २१ भाद्र २०७६, आहाखबर

    काठमाडौं, २१ भदौ ।
    पछिल्लो समयमा मुलुकमा मानव बेचबिखन तथा ओसारपसारको जालोले गम्भीर चुनौती सिर्जना गरेको पाइएको छ । ओसारपसारको धन्दाका रूपहरू फेरिँदै जान थालेपछि यसले ठूलो चुनौती थपिदिएको हो । यस्ता गतिविधिमा राष्ट्रिय/अन्तर्राष्ट्रिय गिरोहको सक्रियता र निसानामा शिक्षित तथा प्रविधिमा पहुँच राख्ने युवा पुस्ता नै पर्न थालेको सरकारी अधिकारीहरूले बताएका छन् ।

    नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार पछिल्लो समय वैदेशिक रोजगारी, ग्रिन कार्ड, पीआरको प्रलोभनमा परेर राम्रो जीवनशैली र आर्थिक उर्पाजनको बाटो खोजिरहेका शिक्षित वर्गका युवायुवती नै तस्करीको निसानामा पर्ने गरेका छन् । ब्युरोका एसपी गोविन्द थपलियाका अनुसार यस्ता गतिविधिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपबाट संगठित अपराधीहरूको संलग्नता रहने गरेको छ । पछिल्लो समय सामाजिक सञ्जालसमेत मुख्य चुनौती बनेको उनको भनाइ छ । ‘हामीले ब्युरो गठन गरेको चार महिनाको अवधिमा भारत, लिबिया, इराक, ग्रिस, केन्या, इन्डोनेसियालगाायतका देशबाट २६० जनाको उद्धार गरिसकेका छौं ।’ संगठित गिरोहले विभिन्न प्रलोभन तथा बहनामा उनीहरूलाई विभिन्न देशमा पु¥याएको एसपी थपलियाले बताए । ब्युरोले केही समयअघि मात्र विवाह गरेर नेपाली युवती तस्करी गर्ने चिनियाँ गिरोहको धन्दा पर्दाफास गरेको थियो ।

    परम्परागत रूपमा कमाराकमारी, बधुवा मजदुरका रूपमा श्रम शोषण तथा दासका रूपमा यस्ता गतिविधि हुने भए पनि पछिल्लो समय आधुनिक दासताका रूपमा मानव बेचबिखन तथा ओसारपसार बढेको सरोकारवालाहरूको भनाइ छ । उनीहरूका अनुसार पछिल्लो समय तस्करहरूले वैदेशिक रोजगारी, शिक्षा, विवाह, स्वास्थ्य तथा मनोरञ्जनलगायतका गतिविधिमार्फत मानव तस्करीका धन्दा सञ्चालन गर्ने गरेका छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार विगतमा भारतका कोठीमा लगेर चेलिबेटीे बेचबिखन गर्ने कामलाई मात्रै मानव बेचबिखनका रूपमा लिइने गरिन्थ्यो ।

    मन्त्रालयको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण शाखाकी अधिकृत कोपिला राईका अनुसार आर्थिक वर्ष २०७४/७५ मा १ हजार १९७ जनाको विभिन्न देशबाट उद्धार गरिएको थियो । पछिल्लो वर्षमा उद्धार गरिएकाको संख्या झनै बढेको अधिकृत राईले बताइन् । मानव बेचबिखन तथा ओसारपसारमा चुनौती थपिएसँगै नेपाल प्रहरीले मानव बेचबिखन अनुसन्धान ब्युरो गठन गरेर नियन्त्रणका विभिन्न रणनीति बनाउँदै आएको छ ।

    देशभित्रै र भारतमा बालबालिका ओसारपसार
    यसअघि धर्मपुत्र तथा धर्मपुत्रीका नाममा बालबालिका ओसारपसार हुने गरेको थियो । राष्ट्रिय बालअधिकार परिषद्का अनुसार सरकारले यस कार्यमा रोक लगाएसँगै नेपालकै एक स्थानबाट अन्य स्थानमा बालबालिकाहरू ओसारपसार गर्ने क्रम बढेको छ । ‘अभिभावकसँगै गएका हुन्छन् । फर्किए वा फर्केनन् यसको जानकारी पाउन सकिँदैन,’ परिषद्का प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भुसालले भने । आर्थिक अभावमा रहेका अभिभावकलाई छोराछोरी पालनपोषण र तथा शिक्षादीक्षा दिने नाममा बालगृहमा राख्ने, गुम्बामा पढाउने नाममा तथा भारतमा ओसारपसार हुने गरेको उनको भनाइ छ ।

    बालगृहले समेत दाताबाट आर्थिक लाभ लिने नाममा बालबालिकाको जीवन जोखिममा पारेको पाइएको उनको अनुभव छ । ‘हामीले गत वर्ष ऐश्वर्य बालगृहबाट एकैपटक १२० बालबालिका उद्धार ग¥यौं । यसका साथै ३ सय बालबालिका हामीले उद्धार ग¥यौं । यस वर्ष पनि उद्धार गर्दै अभिभावक भएका बालबालिकालाई यस्ता बालगृहमा नराख्न सचेत गराइरहेका छौं,’ उनले भने । राजधानीबाट

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast