बुधबार, असोज १, २०७६
    विज्ञान/प्रविधि

    अब फेसबुकमा 'डेटिङ सेवा'

    शुक्रबार, २० भाद्र २०७६, आहाखबर

    काठमाडौँ, २० भदौ 

    फेसबुकले डेटिङ सुविधा प्रदान गरेको छ । यो सुविधाबाट फेसबुक प्रयोगकर्ताले आफ्नालागि उपयुक्त प्रेमीप्रेमीका फेसबुकमै भेट्टाउन सक्छन् ।

    फेसबुकले अमेरिकासहित २० मुलुकमा सामाजिक सञ्‍जालको बृहत डेटिङ सेवा सुरू गरेको हो । १८ वर्ष र त्यसभन्दा माथिका प्रयोगकर्ताहरुले यो सेवा प्रयोग गर्न पाउनेछन् । 

    इन्स्टाग्रामका पोस्टहरुलाई पनि सिधा रुपमा फेसबुक डेटिङ प्रोफाइलमा जोड्न सकिने अनुमति दिएको छ । यससँगै इन्स्टाग्रामका फलोअर्सहरुलाई 'सेक्रेट क्रस लिस्ट' मा समेत जोड्न सकिने फेसबुकले जनाएको छ । 

    फेसबुक डेटिङ प्रोफाइल मुख्य फेसबुक एकाउन्टभन्दा अलगै चलाउन सकिनेछ । डेटिङ प्रोफाइलमा सेयर गरिएका पोस्टहरु मुख्य फेसबुक प्रोफाइलमा देखिने छैनन् । प्रयोगकर्ताहरुको रुची, चाहना र आवश्यकताका आधारमा डेटिङ प्रोफाइलमा जोडिन सक्नेछन् । प्रयोगकर्ताहरुले सिधा रुपमा अथवा फेसबुकको मुख्य प्रोफाइलमा देखिने लिंकका आधारमा डेटिङ सेवामा प्रतिक्रिया अथवा कुराकानी गर्ने मिल्नेछ । 

    फेसबुकले यस वर्षको अन्त्यसम्ममा फेसबुक र इन्स्टाग्राममा स्टोरीहरुलाई पनि डेटिङ प्रोफाइलमा हेर्न मिल्ने बनाउने जनाएको छ । फेसबुकका सञ्‍चालक मार्क जुकरबर्गले फेसबुकमार्फत समान चाहना र माया गर्नेहरु कसरी आपसमा जोडिन्छन् भन्‍ने कुरा हेर्न आफू निकै उत्साहित भएको बताएका छन् ।

    उनले थप भनेका छन्, "हामी प्रयोगकर्तालाई सुरक्षित र प्रयोगकर्ताको नियन्त्रणमा राख्न सुरूआतदेखि नै यसको गोपनियता र सुरक्षाका विषयमा विज्ञहरुसँग बसेर काम गरेका छौं ।" 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast