सोमबार, असोज ६, २०७६
    बिदेश

    निर्वाचनको पूर्वसन्ध्यामा रूसका निर्वाचन प्रमुखमाथि आक्रमण

    शुक्रबार, २० भाद्र २०७६, आहाखबर

    मस्को, २० भदौ

    रुसको केन्द्रीय निर्वाचन समितिका प्रमुखमाथि आक्रमण भएको अधिकारीहरूले शुक्रबार जनाएका छन् । 

    रातको समयमा नकावधारी आक्रमणकारीले उहाँलाई घरमै आक्रमण गरेको रूसी प्रहरीले जनाएको छ । 

    स्थानीय समयअनुसार राती झण्डै १.३० बजेतिर ६५ बर्षीया निर्वाचन प्रमुख इला पाम्फीलोभलाई आक्रमण भएको हो ।

    रूसमा आउदो आइतबार क्षेत्रीय निर्वाचन हुने तय भएको थियो र त्यसका लागि तयारी अन्तिम चरणमा पु¥याइएको थियो ।   

    उहाँले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्नुभएको थियो । पत्रकार सम्मेलनमा उहाँले कुनै चोट नदेखिनेगरी उपस्थित हुनुभएको थियो । 

    उहाँले आफुलाई अहिले ठिक भइसकेको दावी गर्दै पत्रकार सम्मेलनमा भन्नुभयो, “मलाई कुनै गाह्रो भएको छैन ।” प्रहरीले घटनाका बारेमा अनुसन्धान गर्न र दोषीको खोजी गर्न थालिसकेको बताइएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast