सोमबार, असोज ६, २०७६
    बिदेश

    चीनमा नर्सहरुको संख्या तिब्र गतिमा वृद्धि, ४० लाख पुग्यो

    शुक्रबार, २० भाद्र २०७६, आहाखबर

    बेइजिङ, २० भदौ ।

    चीनमा हाल नर्सहरुको संख्या ४० लाखभन्दा बढी रहेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । सत्तरी वर्षअघि चीनमा नर्सको संख्या मुश्किलले ३० हजार रहेको पनि आयोगको भनाई  छ ।

    पछिल्ला वर्षमा नर्सहरुको संख्या तिब्र गतिमा वृद्धि भइरहेको छ । सन् १९४९ मा नयाँ चीन स्थापना हुँदा ३० हजार रहेको नर्सको संख्या सन् १९७८ मा चार लाख पुगेको थियो भने सन् २०१८ को अन्त्यसम्ममा ४० लाख पुगेको छ । 

    आयोगद्वारा शुक्रबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा देशका कूल स्वास्थ्यकर्मीमध्ये आधाभन्दा बढी नर्सहरु रहेको जानकारी दिइयो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast