सोमबार, असोज ६, २०७६
    स्वास्थ्य

    प्रधानमन्त्रीको स्वास्थ्यावस्था सामान्य

    शुक्रबार, २० भाद्र २०७६, आहाखबर

    काठमाडौं, २० भदौ

    प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्ने अवस्थामा रहनुभएको  उहाँका निजी चिकित्सक डा दिव्यासिंह शाहले जानकारी दिनुभएको छ । डा शाहले आज प्रेस वक्तव्य जारी गरी उहाँको स्वास्थ्यावस्था सामान्य रहेको  स्पष्ट गर्नुभएको छ । प्रधानमन्त्री ओलीको शरीरमा बढी मात्रामा रहेको ‘एन्टीबडी’लाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया (प्लाज्मा फेरेसिस)  पूरा भएको वक्तव्यमा उल्लेख छ ।

    प्रधानमन्त्री ओली शरीरमा देखिएको एन्टीबडीको मात्रालाई निराकरण गर्न यही भदौ ५ गते सिंगापुरको नेशनल यूनिभर्सिटी हस्पिटल जानुभएको थियो । सिङ्गापुरबाट स्वास्थ्योपचार पूरा गरी उहाँ आज स्वदेश फर्कनुभएको हो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast