सोमबार, कार्तिक ४, २०७६
    लाइफस्टाइल

    के हो स्वस्थ जीवनशैली ? रोगको ९०% उपचार तपाईकै हातमा !!

    शुक्रबार, २० भाद्र २०७६, आहाखबर

    काठमाडौँ, २० भदौ ।

    स्वस्थ जीवनशैलीबाट नै ९० प्रतिशत रोगहरू ठीक हुने गर्छन् । खराब जीवनशैली रोगहरूको प्रमुख कारण हो भने स्वस्थ जीवनशैली आरोग्य जीवनको आधारमात्र नभएर रोगहरूको औषधि पनि हो । 

    मधुमेह, उच्च रक्तचाप, मुटुका रोग तथा मानसिक रोग (नकारात्मक सोचका कारण) जस्ता डरलाग्दा रोगहरू अनुचित जीवनशैलीकै उपज हुन् । र, यस्ता रोगबाट मुक्त हुन आफ्नो जीवनशैली परिवर्तन गर्न आवश्यक छ ।

    स्वस्थ जीवनशैलीका लागि एक पैसा पनि खर्च गर्नु पर्दैन । आहारविहारमा ध्यान दिए पुग्छ । यहाँ आहारको अर्थ व्यापक छ । मुख र जिब्रोले लिने खाद्य पदार्थलाई मात्र आहार मान्नु हुँदैन । आहारको अर्थ हुन्छ, बाहिरको चिज शरीर भित्र लिनु । जेसुकै कुरा पनि हामीले बाहिरबाट भित्र लिन्छौं भने त्यो आहार हो ।

    भोजन आहार हो, जसलाई हामीले मुख र जिब्रोद्वारा भित्र लिन्छौं । तर आँखाद्वारा पनि हामीले बाहिरको दृश्य भित्र लिन्छौं । दृश्य पनि आहार नै हो । कानले लिने आवाज, त्वचाले गर्नेे स्पर्श तथा मनले ग्रहण गर्ने विचार र कल्पना पनि आहार नै हो । गलत विचारको आहारले नै अधिकांश मानसिक रोग सुरु हुन्छन् । 

     

    नियमहरु :

    - बिहान सूर्योदयपूर्व वा ब्रह्म मुहूर्तमा उठ्ने बानी बसाल्ने ।
    - उठ्नासाथ एकदुई गिलास शुद्ध पानी (कब्जियतले दिसा खलास हुँदैन भने मनतातो पानी) पिएर बाथरुम जाने ।
    - दिसापिसाब तथा स्नान गर्ने ।
    -सफासुग्घर लुगा लगाएर शान्त, सफा र खुल्ला ठाउँमा बसेर प्राणायाम, ध्यान तथा योग आसनहरू गर्ने ।
    - सकिन्छ भने दिनहुँ पाँच किलोमिटर हिँड्ने या दौडिने ।
    - कम्तीमा पनि महिनाको एक पटक उपवास बस्ने ।

     

    यो पनि 

    - काम पूरा लगनका साथ गर्ने ।
    - परिश्रमअनुसार विश्राम गर्ने ।
    - बढी भोगविलास नगर्ने ।
    - विवाहित भए सप्ताहमा एकदुई पटक सहवास गर्ने ।
    - समयमै खाने, समयमै सुत्ने र समयमै उठ्ने ।
    - गहिरो र पर्याप्त निद्रा लिने ।
    - सधैं सत्य, प्रिय र हितकारी वचन बोल्ने ।
    - फटाहा कुरा नगर्ने, कटुवचन नबोल्ने ।
    - विनम्र व्यवहारको अपेक्षा गरिएजस्तै आफूले पनि विनम्र व्यवहार गर्ने ।
    - फजुल खर्च नगर्ने, जुवातास नखेल्ने, व्यभिचार तथा अनावश्यक फेसनमा धन र समय खेर नफाल्ने ।

     

    त्यसैगरी,

    - जीवनको एक महान् लक्ष्य बनाउने र त्यसका लागि प्रयासरथ रहने ।
    - मेहनतको पसिना बगाउने र अनि चैनका साथ सुत्ने ।
    - बेलाबेलामा स्वास्थ्य परीक्षण गराउने ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast