मंगलवार, भाद्र ३१, २०७६
    ओएमजी Omg!

    ७३ बर्षको उमेरमा यरामतीले जन्माइन जुम्ल्याह छोरी

    शुक्रबार, २० भाद्र २०७६, आहाखबर

    काठमाडौं, २० भदौ ।
    भारतको आन्द्र प्रदेशको गुटुर जिल्लाकी ७३ बर्षीया एक महिलाले जुम्ल्याहा बालिकाको जन्मदिएपछि संसार भर नयां तरंग उत्पन्न भएको छ । ७३ बर्षीया यरामती मंगायम्माले बुधबार अस्पतालमा दुई बच्चालाई सिजरिड गरेर सकुसल जन्मदिएको अस्पतालले जानकारी दिएको छ ।

    डाक्टर उमा शंकरले अपरेशन गरी दुवै बालिकालाई सकुशल जन्मदिन सफल भएको बीबीसीले जनाएको छ । बच्चाको अवस्था सामान्य रहेपनि अझै २१ दिन ती बालिका चिकित्सकको निगरानीमा अस्पतालमा नै रहने भएका छन ।

    जुम्ल्याह बच्चाको जन्मदिने बृद्ध महिलाको वल्र्ड रेकर्डमा यरामतीको नाम लेखिएको बीबीसीले जनाएको छ । यसअघि स्पेनकी मारिया डेल कार्मेन बाउसाडा लाराको नाममा बिश्व रेकर्ड कायम रहेको थियो । उनले सन २००६ मा ६६ बर्षको उमेरमा जुम्ल्याह बच्चालाई जन्म दिएकी थिईन । नेपाल समाचारपत्रबाट

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast