बुधबार, कार्तिक २७, २०७६
    खेल संसार

    यू–१९ एशिया कप क्रिकेट आजदेखि श्रीलंकामा सुरू, नेपालको खेल भोलि

    बिहिवार, १९ भाद्र २०७६, आहाखबर
    काठमाडौं, १९ भदौ । 
     
    १९ वर्ष मुनीको एशिया कप क्रिकेट आजदेखि श्रीलंकामा सुरु हुँदैछ ।  
     
    एसिया कपको पहिलो दिन आज दुई खेल हुँदैछन् । समूह ‘ए’अन्तर्गत पाकिस्तान र अफगानिस्तानबीचको खेल आज हुँदैछ । त्यस्तै, समूह ‘ए’ कै अर्को खेलमा आज भारतले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।
     
    समूह बी मा रहेको नेपालले भने नेपालले पहिलो खेल आयोजक श्रीलंकासँग भोलि खेल्नेछ।  यो समूहमा आयोजक श्रीलंकासँगै नेपाल, बंगलादेश र यूएई रहेका छन् । २२ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्ने नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा यूएईविरुद्ध २४ गते प्रतिस्पर्धा गर्दैछ ।
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast