सोमबार, मंसिर २, २०७६
    घुमघाम

    मनकामना केवलकार आइतबारदेखि ५ दिनसम्म बन्द हुने (सूचनासहित)

    बिहिवार, १९ भाद्र २०७६, आहाखबर
    (फाईल तस्बिर)

    काठमाडौं,१९ भदौ । 

    मनकामनास्थित केबलकार आगामी भदौ २२ देखि ५ दिन बन्द हुने भएको छ ।

    मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको  केवलकारको मर्मत–सम्भारका लागि भन्दै प्रालिले ५ दिन सेवा बन्द गर्न लागेको हो ।

    प्रालिले बिहीबार एक सूचना जारी गरी मुलह्विल लिनर चेन्जिङ, मेन मोटर सर्भिसिङ तथा रोप रिङस्प्लिसिङलगायतको मर्मतका लागि भदौ २२ देखि २७ गतेसम्म ५ दिनका लागि केवलकार बन्द रहने जनाएको छ ।
    मनकामना दर्शनका लागि जाने दर्शनार्थीले मनकामना केवलकार प्रयोग गर्ने गरेका छन् । केवलकार २० वर्षअघि अस्ट्रियाको डोप्पलमेरले बनाएको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast