सोमबार, असोज ६, २०७६
    विज्ञान/प्रविधि

    ह्याकरले ३ करोड ५८ लाख चोरेको पक्का, अध्ययन गर्न नेपाल आयो विज्ञ टोली

    बिहिवार, १९ भाद्र २०७६, आहाखबर

    काठमाडौं, १९ भदौ ।

    एटीएम ह्याक प्रकरण अध्ययनका लागि विदेशी विज्ञ टोली नेपाल आएको छ ।

    सिङगापुरबाट बुधबार राति फरेन्सिक विज्ञटोली नेपाल आएको हो ।

    एटीएम ह्याक गर्ने चिनियाँ टोलीले १३ वटा बैंकका एटीएम बुथबाट तीन करोड ५८ लाख रुपैयाँ लुटेको राष्ट्र बैंकले गठन गरेको समितिले ठहर गरेको छ ।

    बिहीबारदेखि नै फरेन्सिक टोलीले अध्ययन अध्ययन गर्ने छ । विज्ञ टोलीको अध्ययनपछि एटीएम ह्याक प्रकरणका सबै रहस्य उजागर हुने जानकारी छ ।

    टोलीमा दुईजना विज्ञ सहभागी छन् । उनीहरु करिब चार दिन नेपाल बस्ने बताइएको छ ।

    टोलीले एटीएमबाट पैसा चोरीका घटनामा कहाँ, कस्तो र कुन स्तरको कमी कमजोरी भएको थियो, त्यो पत्ता लगाउनेछ । त्यही प्रतिवेदनका आधारमा थप प्रक्रिया अघि बढाइने स्रोतले जनाएको छ ।

    एटीएम ह्याक प्रकरण अध्ययन गर्न विद्युतीय सेवा प्रदायक कम्पनी ‘भिसा’ बाट पनि टोली नेपाल आउने भएको छ । टोली बिहीबारसम्म नेपाल आउने स्रोतले जनाएको छ ।

    साइबर सुरक्षा विज्ञले भने फरेन्सिक अनुसन्धानबाट पनि ह्याकर पहिचान गर्न वा कसरी ह्याक भयो भन्ने प्रमाण भेट्टाउने विस्वसनीय आधार नभएको बताएका छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast