मंगलवार, भाद्र ३१, २०७६
    बिदेश

    क्यालिफोर्नियामा २० को शव भेटियो, १४ अझै बेपत्ता

    बुधबार, १८ भाद्र २०७६, आहाखबर
    लस एन्जेलस, १८ भदौ
     
    अमेरिकाको दक्षिण क्यालिफोर्नियाअन्तर्गत पर्ने सान्टा क्रुज द्वीपमा भएको डुुङ्गा दुर्घटनामा परी मृत्यु भएका मध्ये २० जनाको शव भेटिएको छ । 
     
    डुङ्गामा एक्कासी आगलागी भएर सोमबार मध्यरातमा भएको दुर्घटनामा परी बेपत्ता भएका १४ जना अझै भेटिएका छैनन् । 
     
    अधिकारीहरूले पत्रकारहरूलाई दिएको जानकारीअनुसार मृत्यु भएका २० जनामध्ये ११ जना महिला र ९ जना पुरुष रहेका छन् ।
     
    हराइरहेकाको खोजी तथा उद्धारका लागि प्रयास भइरहेको र सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूलाई खटाइएको पनि उनीहरूले बताएका छन् । 
     
    आगलागी भएको बेला डुङ्गामा ३९ यात्रु रहेका थिए । बेपत्ता भएकाको भेटिने सम्भावना भने कम हुँदै गएको उद्धारकर्ताहरूको भनाइ छ ।  
     
    क्यालिफोर्नियाको तटीय क्षेत्रमा भएको दुर्घटनामा परेका पाँच जनालाई भने जीवितै उद्धार गरिएको थियो । 
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast