सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    पर्यटनमन्त्री भट्टराईद्वारा देवघाटधामको अवलोकन

    बुधबार, १८ भाद्र २०७६, आहाखबर

    भरतपुर, १८ भदौ

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज देवघाटधामको स्थलगत अवलोकन गर्नुभएको छ । उहाँले देवघाटधामको अवलोकनसँगै निर्देशनसमेत दिनुभएको हो । 

    मन्त्री भट्टराईले देवघाटको विकासमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तह, प्रदेश सरकार र मन्त्रालयको समन्वयमा देवघाटको विकास गर्नुपर्छ, मन्त्रालयका तर्फबाट सक्दो सहयोग हुन्छ ।” उहाँले छिट्टै स्थानीय तह, प्रदेश सरकार र मन्त्रालयबीच देवघाटको विकासका लागि छलफल आयोजना गरिने बताउनुभयो । 

    सो अवसरमा देवघाटको अवस्था र समस्याका बारेमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले मन्त्री भट्टराईलाई जानकारी गराउनुभएको थियो । उहाँले बजेट अभावमा  गुरुयोजनाअनुसार काम गर्न समस्या भएको बताउनुभयो ।  देवघाटको विकास गठन आदेशबाट मात्र सम्भव नहुने भन्दै छुट्टै ऐनको व्यवस्था गर्न उहाँले माग गर्नुभयो । 

    मन्त्री भट्टराईले देवघाटमा निर्माणाधीन रहेको शवदाह गृहको समेत निरीक्षण गर्नुभएको थियो । उहाँले गलेश्वर आश्रममा सामूहिक भोजन ग्रहण गर्नुभएको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast