सोमबार, असोज ६, २०७६
    यातायात

    दशैंका लागि बसको अग्रिम टिकट बुकिङ असोजमा खुल्ने

    बुधबार, १८ भाद्र २०७६, आहाखबर

    काठमाडौं, १८ भदौ ।

    दशैं नजिकिँदै गर्दा यातायात व्यवस्था विभागले बसको  टिकटको विषयमा छलफल गरेको छ ।

    दशैंका लागि असोज पहिलो साता बसको अग्रिम टिकट खुल्ने भएको छ । यातायात व्यवस्था विभागले बुधबार बोलाएको बैठकमा असोज पहिलो साता अग्रिम टिकट खोल्ने प्रारम्भिक सहमति भएको छ ।

    विभागका एक अधिकारीले भने ‘असोज पहिलो साता अग्रिम टिकट खोल्न प्रारम्भिक सहमति भएको छ।तर यातायात व्यवसायीले आफ्नो बैठक डाकेर मात्रै निर्णय गर्न आग्रह गरेकाले मिति घोषणा हुन सकेन्’ ।

    बैठकमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विहिबार आफ्नो बैठक डाकेर मात्रै निर्णय गर्नसक्ने जानकारी गराएका थिए। महासंघले बैठकबाट गाडीको विवरण तयार पारेर विभागलाई दिनेछन्। त्यही विवरणका आधारमा अर्को साता बस्ने बैठकले अग्रिम टिकट खोल्ने मिति तय हुनेछ ।

    बैठकमा व्यवसायीले यातायात समिति खारेजीपछि नयाँ बस नथपिएकोले व्यवस्थापन गर्न भने कठिन हुने बताएका थिए ।‘यातायात समिति हुँदा तेल हालेर बस पठाउने गरिन्थ्यो।अहिले समिति क्रियाशिल छैनन्। यताबाट यात्रु लिएर जाने र उपत्यकाबाट भित्रिँदा खाली आउनुपर्ने अवस्था हुन्छ। त्यसका बारेमा सरकारी निकायले सोचिदिनुपर्छ’ व्यवसायीले भनेका थिए,‘भाडा नबढेको पाँच वर्ष भइसकेको छ।यो अवधिमा पार्टपूर्जा र कर्मचारीको तलब बढेको बढ्यै छ।तर हामीले कुनै दबाब दिँदैनौं । तर सरकार अभिभावक भएकाले व्यवसायीको समस्या बुझ्ने अपेक्षा राखेका छौं ।’

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast