शुक्रबार, मंसिर २०, २०७६
    ब्राण्ड/संगठन

    सिभिल बैंक लिमिटेड र द हबि अटो ट्रेडिङ बिच सम्झौता

    मंगलवार, १७ भाद्र २०७६, आहाखबर

    काठमाडौं, १७ भदौ । 

    सिभिल बैंक लिमिटेड र द हबि अटो ट्रेडिङबिच व्यवसायीक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

    उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल तथा द हबि अटो ट्रेडिङका अध्यक्ष उमेश नारायण मानन्धरले हस्ताक्षर गर्नुभएको थियो ।

    उक्त सम्झौता अनुसार द हबि अटो ट्रेडिङबाट ट्याक्टर, कृषि औजार तथा हेभि इक्वीप्मेन्ट खरिद गर्न ग्राहकहरुलाई द हबि अटो ट्रेडिङको सिफारिसमा सिभिल बैँक लिमिटेडले ७० प्रतिशतसम्म कर्जा सुविधा प्रदान गर्ने छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast