मंगलवार, कार्तिक २६, २०७६
    आर्थिक खबर

    एस्सिडब्लुइसीद्वारा बर्मामा नेपाली मौलिक उत्पादनहरुको प्रदर्शनी

    मंगलवार, १७ भाद्र २०७६, आहाखबर

    काठमाडौं, १७ भदौ । 

    नेपाली उत्पादनहरुको प्रबद्र्धन गर्ने उदेश्यसहित सार्क चेम्बर महिला उद्यमी परिषद अर्थात् एस्सिडब्लुइसीसंग आबद्ध  महिला टोलीले वर्माको याङ्गनमा प्रबद्र्धनात्मक  प्रदर्शनी सम्पन्न गरेको छ । 

    वर्मास्थित नेपाली राजदुताबासको निमन्त्रणामा एस्सिडब्लुइसी नेपालकी उपाध्यक्ष सरोजनी शेरचनको नेतृत्वमा १६ जना महिला उद्यमी सम्मिलित उक्त टोलीले वर्माको याङ्गनमा प्रबद्र्धनात्मक प्रदर्शनीको आयोजना गरेको हो । 

    टोलीले वर्माको याङ्गनको पाइन ओ ओलीन शहरमा अवस्थित नेपाली दुतावासको प्राङ्गणमा यही भाद« १४ देखि १६ गते सम्म नेपालका  विभिन्न उत्पादनहरुको प्रबद्र्धनात्मक  प्रदर्शनीको आयोजना गरेको हो ।  

    सो प्रदर्शनीमा नेपाली हस्तकलाका सामाग्री, महिलाहरुले प्रयाग गर्ने पोते, क्लिप, चुरा, कुशन कभर, दौरा सुरुवाल, साडी र चोली, मखमली चप्पल, मौलिक हाते झोलाहरु, गाग्री, खड्कुलो लगायतका सामाग्रीहरुको प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ ।  

    सार्क चेम्बर महिला उद्यमी परिषद (एस्सिडब्लुइसी )  नेपाल सार्क चेम्वर अफ् कमर्श एण्ड् इण्डष्ट्रिज मातहतको एक अंग हो जसको मुख्य उद्देश्य सार्क मुलुकका महिला उद्यमीहरुलाई प्रोत्साहन तथा प्रर्बद्धन गर्ने रहेको छ । संस्थाले बिगत १० बर्षदेखि महिला उद्यमीहरुको हितका लगी बिभिन्न कदमहरु चाल्दै आएको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast