मंगलवार, कार्तिक २६, २०७६
    शेयर बजार

    सेयर बजार : १४ अर्ब भारु कमाउने लोभले गुम्यो १५ खर्ब भारु !

    मंगलवार, १७ भाद्र २०७६, आहाखबर

    एजेन्सी, १७ भदौ

    भारतीय वित्तमन्त्री निर्मला सितारमणको टिमले ठूला लगानीकर्तालाई अतिरिक्त शुल्क लिने निर्णय गर्यो त्यसले उनीहरुको निर्णयलाई गलत सावित गरिदियो ।

    जसका कारण ठूलो नोक्सानी बेहोर्नु पर्यो ।

    नोक्सानी बम्बई स्टक एक्सचेञ्ज र नेसनल स्टक एक्सचेञ्जसँगै सेन्सेक्स र निफ्टीमा यो निर्णयले ४९ दिनदेखि खराब प्रदर्शन गरिरहेको छ । र, गत अगस्ट महिनामा भारतीय रुपैयाँ एसियामा सबैभन्दा खराब अवस्थामा पुगेको छ ।

    भारतमा सेयरको मूल्य ५ जुलाईदेखि २३ अगस्टसम्म १४.७ ट्रिलियन डलर गुमाएको थियो । वित्तमन्त्री निर्मला सितारमण लगानीकर्तामा लेभ लगाउने निर्णयले सेयर बजारले १४ बिलियन डलर मात्रै सरकारले आम्दानी गरेको छ ।

    विदेशी पोर्टफोलियोलाई निर्धारण गरिएको कर ७ प्रतिशतसम्म कम भएको छ र यो सबै बजेटले निर्धारण गरेको हो ।

    भारतीय रुपैयाँ डिसेम्बर २०१८ देखियता सबैभन्दा कमजोर भएको छ । र, यो सबै विदेशी लगानीकर्ताले रकम फिर्ता लिएकाले भएको हो ।

    भारतीय रुपैयाँ कमजोर हुँदा भारतले तेलका लागि बढी पैसा खर्चनु परिरहेको छ । साथै अन्य अत्यावश्यक सामग्रीको भाउ पनि बढेको छ । भारतले ८० प्रतिशतभन्दा बढी कच्चा तेल आयात गर्दै आएको छ ।

    पछिल्लो बजेटले सेयर बजारका ठूला लगानीकर्तामा अतिरिक्त कर लगाएपछि भारतमा यसको प्रभाव सेयर बजारमा देखिएको छ । बजेट आएको दिनयता भारतबाट २२.५ बिलियन अमेरिकी डलर बराबरको लगानी फिर्ता भएको छ ।

    सेयरमा लगाइएको अतिरिक्त कर मात्रै होइन यसको अर्को कारण अमेरिका र चीनबीचको व्यापार युद्ध पनि एक हो । अमेरिका र चीनबीचको तनावका लागि जोखिममा धकेलिएका विदेशी लगानीकर्तालाई अतिरिक्त शुल्कले अझ बढी जोखिममा धकेलेको विश्लेषकहरुको भनाइ छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast