सोमबार, भाद्र ३०, २०७६
    खेल संसार

    नखेल्ने भए ज्ञानेन्द्रले ओमानमा हुने टि–ट्वान्टी सिरिज !!

    मंगलवार, १७ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, १७ भदौ

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याट्सम्यान समेत रहेका ज्ञानेन्द्र मल्लले पाँच राष्ट्रबीच हुने टी–ट्वान्टी क्रिकेट सिरिजमा सहभागि नहुने भएका हुन् ।

    नेपाली राष्ट्रिय टोलीका मिडिया म्यानेजर सुरज शाक्यका अनुसार उनले आफ्नै व्यक्तिगत कारणले सिरिज नखेल्ने भएको बताएका छन् । 

    असोज १८ देखि २३ सम्म हुने प्रतियोगितामा नेपालले पहिलो खेल हङकङसँग असोज १९ गते खेल्नेछ ।

    आयोजक ओमानसँगै नेपाल ओमान, आयरल्याण्ड, नेदरल्याण्ड र हङकङले सहभागिता जनाउने छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast