सोमबार, असोज ६, २०७६
    आर्थिक खबर

    तीजको दिन कति छ सुनचाँदीको भाउ ?

    सोमबार, १६ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, १६ भदौ

    हिन्दु नारीहरुको विशेष चाड हरितालीका तीजको दिन नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

    सोमवार छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । 

    त्यस्तै, सोमबार तेजावी सुन ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ । आइतवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast