बुधबार, असोज १, २०७६
    मुभी-थिएटर

    बलिउड

    प्रभासको ‘बाहुबली’को क्रेज ‘साहो’ले उठाउन सकेन

    सोमबार, १६ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, १६ भदौ

    दक्षिण भारतीय चलचित्र उद्योगका सुपरस्टार प्रभास र बलिउड अभिनेत्री श्रद्धा कपूरको बहुप्रतिक्षित चलचित्र ‘साहो’ अगष्ट ३० मा प्रदर्शन भैसकेको छ । 

    चलचित्रलाई लिएर निकै उत्साहित भएका दर्शकहरु प्रदर्शनको मिति कुरेर बसेका थिए । तर चलचित्र प्रदर्शनमा आएसँगै चलचित्र समीक्षकले नकारात्मक समीक्षा दिएपछि चलचित्रले दर्शक तथा फ्यानहरुको अपेक्षा पूरा गर्न सकेन ।

    चलचित्रको क्रेज हेर्दा पहिलो दिन ५० करोड भारु भन्दा धेरैको कारोबार गर्नसक्ने अनुमान गरिएको थियो । तर यो चलचित्रले प्रदर्शनको पहिलो दिन अपेक्षा गरेभन्दा थोरै जम्मा २४.४० करोड भारतीय रुपैयाँको कारोबार गरेको छ । चलचित्रले दोस्रो दिन २५.२० करोड भारु कमाएको छ ।

    यसअघि प्रभास अभिनित चलचित्र ‘बाहुबली’ का दुई ओटै सिरिज ‘ब्लकबस्टर’ भएका थिए । त्यसपछि अन्य चलचित्रमा नदेखिएका प्रभासलाई हेर्न दर्शकहरु आतुर थिए । यसका साथै ‘साहो’ प्रभासको बलिउड डेब्यू चलचित्र भएकाले पनि उनलाई विशेष रुपमा हेरिएको थियो । तर प्रभासले चलचित्र ‘साहो’ मार्फत आशा गरे अनुसार दर्शक तथा समीक्षकको मन जित्न सकेनन् । ३ सय ५० करोड भारुको लगानीमा बनेको चलचित्रको कहानी निकै कमजोर रहेको समीक्षकहरुले टिप्पणी गरेका छन् ।  

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast