सोमबार, भाद्र ३०, २०७६
    स्कुल-कलेज

    शैक्षिक संस्थामा हुने राजनीतिक भागबण्डा अन्त्य गर्न माग

    आईतवार, १५ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, १५ भदौ

    नेपाली काङ्ग्रेसको भ्रातृ संङ्गठन नेपाल विद्यार्थी सङ्घले विश्वविद्यालयलगायत शैक्षिक संस्थामा हुने भागबण्डा अन्त्य गर्न माग गरेको छ । नेविसङ्घले आज पछिल्लो समय राजनीतिक भागवण्डाका आधारमा पदाधिकारी नियुक्त गर्दा शिक्षा क्षेत्र आक्रान्त बनेको भन्दै भागवण्डा अन्त्य गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गरेको हो ।
     
    नेविसङ्घका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले विश्वविद्यालयमा हुने नियुक्ति राजनीतिक भागवण्डामा भन्दा पनि प्रतिष्पर्धाका आधारमा हुनुपर्ने बताउनुभयो । हरेक नागरिक शिक्षित भए मात्र समृद्ध मुलुक निर्माण हुने भन्दै शिक्षा क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने उहाँको भनाइ थियो ।

    कार्यक्रमका संयोजक एवं नेविसङ्घका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले नैतिकता, ज्ञान सिक्ने विश्वविद्यालय नै अनियमितताको अखडा बनाएको भन्दै दलीय भागबण्डा नरोकिए नेविसङ्घ कडा सङ्घर्षमा उत्रने बताउनुभयो । नेविसङ्घले शैक्षिक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने, खुला प्रतिस्पर्धाका आधारमा नियुक्त गर्नुपर्ने, हाम्रो शिक्षा हाम्रो देश भागवण्डामुक्त शैक्षिक परिवेशलगायतका प्लेकार्ड बोकेर प्रदर्शनसमेत गरेको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast