सोमबार, भाद्र ३०, २०७६
    स्कुल-कलेज

    ३ सय विद्यार्थी अध्ययनरत विद्यालयमा बाढी पसेपछि पठनपाठन अवरुद्ध

    आईतवार, १५ भाद्र २०७६, आहाखबर
    (फाईल तस्बिर)

    कावासोती, १५ भदौ

    स्थानीय एक विद्यालयमा खोलाको बाढी पसेपछि त्यहाँको पठनपाठन अवरुद्ध भएको छ । नवलपरासी पूर्व नवलपुरको पहाडी क्षेत्र बुलिङटार गाउँपालिका–१, ढाडबँेसीमा रहेको जनजागृति माविमा खोलाको बाढी पसेपछि पठनपाठन अवरुद्ध भएको हो । 

    आज बिहान ३ बजे अविरल वर्षापछि गोवन्दीखोलाको बाढी पसेर विद्यालयलामा क्षति पु¥याएकाले पठनपाठन अवरुद्ध भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर डिस्वाले बताउनुभयो । उक्त खोलाको बाढी पसेर विद्यालयको चार वटा कोठामा क्षति पु¥याएको थियो । विद्यालयको प्राङ्गणका साथै कक्षा १ देखि ४ सम्मका कोठा पूरै हिलो, गिट्टी, बालुवाले तीन फिटसम्म पुरेकोे उहाँले जानकारी गराउनुभयो । उक्त विद्यालयमा करीब तीन सय विद्यार्थी अध्ययनरत छन्  । 

    अविरल वर्षापछि खसेको पहिरोका कारण बुलिङटार सडक पनि अवरुद्ध भएको बुलिङटार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सुबोध सापकोटाले बताउनुभयो । पोखरीदेखि बुलिङटारसम्म जाने सडकको विभिन्न स्थानमा पहिरोले अवरुद्ध पारेकाले यस क्षेत्रका सवारीसाधान  चल्न सकेका छैनन् । अर्खला, तल्लो अर्खलालगायत स्थानमा पहिराले राजमार्ग अवरुद्ध बनाएकाले पहाडी क्षेत्रका बासिन्दालाई आवतजावतमा समस्या भएको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast