सोमबार, असोज ६, २०७६
    बैंक-बीमा

    राष्ट्र बैंक भन्यो - ढुक्क हुनुहोस् खातामा रहेको रकममा कुनै जोखिम छैन

    आईतवार, १५ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, १५ भदौ 

    शनिबार साँझ दरबारमार्ग स्थित एटिएमबाट सवा करोड रकम सिस्टम ह्याक गरेर निकालिसकेको अवस्थामा प्रहरीले पाँचजना चिनियाँ नागरिकलाई पक्राउ गरिसकेको छ ।

    नेपाल राष्ट्र बैंकले कुनै पनि नागरिकको बैंक खातामा रहेको रकम नलुटिएकाले ढुक्क रहन आग्रह गरेको छ । ह्याकरले एटिएमको करोडौँ रकम लुटेको खबरपछि आम नानगरिक आतंकित भएका बेला राष्ट्र बैंकले यस्तो आग्रह गरेको हो ।

    ह्याकरले बैंकको एटिएममा मात्रै आक्रमण गरेको तर त्यसले कुनै पनि खातामा असर नपारेको राष्ट्र बैंकले जनाएको छ ।

    यसैबीच काठमाडौँका बैंकलाई ह्याकरले निशानामा पारेपछि राष्ट्र बैंकले बैंकका प्रतिनिधिहरुलाई आकस्मिक बैठकमा बोलाएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast