सोमबार, असोज ६, २०७६
    बैंक-बीमा

    नेपाली बैंकका एटीएम मेसिन ह्याकरको निशानामा, सुरक्षा खतरा !!

    आईतवार, १५ भाद्र २०७६, आहाखबर

    काठमाडौं, १५ भदौ । 

    एटिएमको पिन नम्बर ह्याक गरेर ग्राहकको बैंक खाताबाट करौडौँ रुपैयाँ लुट्ने पाँच जना चिनियाँ नागरिक प्रहरीको फन्दामा परेका छन्। नेपालमा रहेका एटिएम बुथको रकम लुट्ने योजना चीनबाटै बनाएर उनीहरु नेपाल आएको प्रहरी अनुसन्धानमा खुलेको छ।

    नेपाली बैंकका एटीएम मेसिन ह्याकरको निशानामा परेपछि बैंकहरुले आफ्नो एटिएम सेवा अनिश्चित कालका लागि बन्द गरेका छन् । 

    प्रहरीले एटिएम ह्याक गरेर रकम निकाल्ने ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेपछि सुरक्षा खतराका कारण बैंकहरुले तत्कालका लागि एटिएम बन्द गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।  

    शनिबार साँझ प्रहरीले पक्राउ परेका ५ चिनियाँ नागरिकको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ र ९ हजार अमेरिकी डलर बरामद गरेको छ । बैंकका खातावालाको रकम उनीहरुले अनधिकृत रुपमा निकालेका थिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast