मंगलवार, भाद्र ३१, २०७६
    लाइफस्टाइल

    बदली, मेघ गर्जन र वर्षा अझै ३ दिनसम्म

    आईतवार, १५ भाद्र २०७६, आहाखबर

    काठमाडौं, १५ भदौ । 

    देशको पश्चिमी भू–भागमा सामान्य बदली तथा मध्य र पूर्वी क्षेत्रमा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

    अहिले देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको र मध्य तथा पूर्वी भूभागमा सामान्य बदली रही केही स्थानमा हल्का वर्षा भइरहेको पूर्वानुमान महाशाखाको भनाई छ । 

    आज, भोलि र पर्सि देशभरी आंशिक बदली र मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षा हुने पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी २४ घण्टा देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको र सामान्य सतर्ककता अपनाउन आग्रह गरिएको छ ।

    पश्चिमका केही स्थान तथा पूर्व र मध्यका थोरै स्थानमा आइतबार मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast