सोमबार, असोज ६, २०७६
    यातायात

    त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक ७ घन्टा बन्द

    आईतवार, १५ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, १५ भदौ । 
    त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ । आइतवार रातिबाट विमानस्थलको स्तरोन्नतिको दोस्रो चरणको काम सुरु गर्नुपर्ने भएकाले विमानस्थल फेरि दैनिक ७ घण्टा बन्द हुने भएको विमानस्थल कार्यालयले जनाएको छ ।

     

    विमानस्थलको दोस्रो चरणको काम सेप्टेम्बर १(भदौ १५गते आइतवार)बाट सुरु हुने भएसँगै विमानस्थलमा ७ घण्टा उडान अवतरण बन्द गरेर स्तरोन्नतिको काम गर्न लागिएको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले बताए । सेप्टेम्बर १ देखि डिसेम्बर ३१ सम्म दोस्रो चरणअन्तर्गत स्तरोन्नतिको लागि राति साढे ११ बजेबाट बिहान साढे ६ बजेसम्म उडान अवतरण नै बन्द गरेर निर्माणको काम गरिने प्रमुख क्षेत्रीको भनाइ छ । “दोस्रो चरणमा प्यारालल ट्याक्सी–वे को काम सुरु हुनेछ, चिनियाँ कम्पनीले ८ महिनाभित्र ‘ट्याक्सी वे’को काम पूरा गर्ने लक्ष्य लिएको छ,” उनले भने ।
     

    स्तरोन्नतिका कारण विमानस्थल कार्यालयले विगतमा जस्तो उडान प्रभावित नहुने जनाइएको छ । हाल विमानस्थलमा आन्तरिक र वाह्य गरी दैनिक ४ सय उडान अवतरण हुने गरेका छन् । नयाँ स्वरूपको धावनमार्ग सञ्चालनमा आएसँगै विमानस्थल २४ सै घण्टा सञ्चालन गर्न सकिने नागरिक उड्डयन प्राधिकरणको भनाइ छ । यसको लागि निरन्तर मर्मतसम्भारको आवश्यकता भने पर्नेछ । नयाँ धावनमार्ग निर्माणसँगै अहिलेकै हवाइ चापको अवस्थामा पनि २० वर्षसम्म निरन्तर धावनमार्ग २४ घण्टा सञ्चालन गर्न सकिने प्रमुख क्षेत्रीले बताए ।
     

    विमानस्थलको धावनमार्गमा रहेको कालोपत्रे पूर्ण रूपमा फालेर पहिलो चरणमा नयाँ कालोपत्रे गर्ने काम पूरा भइसकेको अवस्था छ । धावनमार्गमा नयाँ कालोपत्रे बिच्छ्याउनका निमित्त चैत १८ असार १५ सम्म र उडान अवतरण वन्द गरेर पहिलो चरणको काम पूरा गरिएको थियो । ‘नोटिस फर एयरम्यान’ (नोटाम) जारी गरेर राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा बन्द गरी धावनमार्ग स्तरोन्नतिको काम पूरा गरिएको हो । विमानस्थल असार १६बाट दैनिक २१ घन्टा सञ्चालनमा आएको थियो । हाल विमानस्थल ३ घण्टा (विहान ३ देखि ६ बजेसम्म)बन्द हुँदै आएको छ । 
     

    नेपाल भ्रमण वर्षको पूर्वाद्र्धमा विमानस्थलको धावनमार्ग स्तरोन्नति सम्पन्न भएसँगै करिव ४४ वर्ष पुरानो कालोपत्रेविस्थापन गरिएको थियो । धावनमार्ग स्तरोन्नति भएसँगै विमानस्थल २१ घण्टा (बिहान ६ बजेदेखि भोलिपल्ट बिहान ३ बजेसम्म) सञ्चालनमा आएको थियो । सन् १९७५ मा निर्माण गरिएको धावनमार्गको पिच पहिलोपटक पूरै फालेर नयाँ पिच राखिएको हो । धावनमार्गको ३ हजार ५० मिटर लम्बाइ र ६० मिटर चौडाइको कालोपत्रेलाइ पूर्ण रूपमा फालेर नयाँ कालोपत्रे गरिएको थियो ।
     

    चीनको सरकारी कम्पनी चाइना नेसनल एग्रो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङले ४ अर्ब २७ करोड रूपैयाँको लागतमा धावमार्गको स्तरोन्नति र विमानस्थलको प्यारालल ट्याक्सी–वे,ट्रयाक्सी वे र धावानमार्ग जोड्ने लिंक रोड,रनवे सेन्टर लेन लाइट गरि तिन चरणको निमार्णको काम गरिँदैछ ।
     

    विमानस्थलको दक्षिणपट्टि २ ठूला विमान पाकिङ गर्न मिल्ने निमार्ण काइ भइरहेको छ । टर्मिनल बिल्डिङ विस्तारको काम भइरहेको छ । विमानस्थलले थपिएको समयमा तीन विमान कम्पनीले उडान भरिरहेको जनाएको छ ।विमानस्थलको निमार्णकाइ सन् २०१९ भित्रै सकेर ‘नेपाल भम्रण वर्ष–२०२०’लागि २४ घण्टा उडान अवतरण गर्न योजना संस्कृति पइटन तथा नागरिक मन्त्रालयले काइयोजना सावर्जनिक गरि सकेको छ ।

     

    निगमको उडानमा निरन्तरता
    नेपाल वायुसेवा निगमको जहाजले १२ वर्षपछि जापानको ओशाका उडान गरेको छ । बिहान साढे २ बजे काठमाडौंबाट जापानको ओसाका उडान भर्ने विमानलाइ विमानस्थलको निमार्णकाइ रोकेर उडान भर्ने काइतालीका निर्धारण गरिएको प्रमुख क्षेत्रीले बताए । निगमले हप्ताको तीन दिन बिहीबार, शनिबार र मंगलबार ओसाकाको नियमित उडान गर्नेछ । “राति २ बजे बाट विमानस्थल सञ्चालनमा ल्याएर विमान उडाएर काम सुरु गरिने छ,” प्रमुख क्षेत्रीले भने, “राष्ट्रिय ध्वाजाबहाक विमानलाइ सहजीकरण गदैँ निमार्ण काइलाइ पनि गति दिनेछौं ।”

     

    नेपाल एयरलाइन्सले वाइडबडी एयरबस ३३०–२०० विमान काठमाडौं–ओशाका–काठमाडौं पहिलो उडान पूरा गर्दै बिहीबार साँझ काठमाडौं अवतरण थियो । निगमले दोश्रो उडान शनिवार पूरा गरेको छ । कारोबारबाट

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast