बुधबार, असोज १, २०७६
    धर्म-संस्कृति

    हिन्दू धर्ममाथि प्रहार हुन खोजेको छ : अध्यक्ष राणा

    शुक्रबार, १३ भाद्र २०७६, आहाखबर
    काठमाडौँ, १३ भदौ
     
    राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपतिशम्शेर राणाले हिन्दू धर्ममाथि प्रहार हुन खोजेको बताउनुभएको छ । नेपाल गृहस्थ धर्मसेवा सदन सामाखुशीले कुशे औँसीका अवसरमा आज यहाँ आयोजना गरेको ‘पिता सम्मान कार्यक्रम’मा उहाँले सनातनदेखि चल्दै आएको धर्ममाथि प्रहार हुन खोजेको बताउनुभएको हो ।
     
    “परम्परादेखि चल्दै आएको धर्मको रक्षा गर्नु हामी सबैको दायित्व हो”, उहाँले भन्नुभयो । अध्यक्ष राणाले धर्म संस्कृतिले हाम्रो समाजलाई अनुशासित र मर्यादित बनाएको उल्लेख गर्नुभयो । पूर्वमन्त्री एवम् विश्व हिन्दू महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारीले जीवनमा लामो अनुभव भोगेका ज्येष्ठ नागरिकबाट समाजले पाठ सिक्नुपर्ने बताउनुभयो । “पिताको सम्मान गर्नु नै सबैभन्दा ठूलो पुण्य प्राप्ति गर्नु हो”, उहाँले भन्नुभयो ।
     
    विश्व हिन्दू महासङ्घका महासचिव गणेश न्यौपानेले बुबाआमालाई एक दिन मात्र सम्मान गरेर पर्याप्त नहुने बताउनुभयो । “मन्दिरमा गएर मात्र धर्म मिल्दैन, दिन दुःखी, असहाय, गरीबको सेवा गर्नु धर्म हो”, उहाँले भन्नुभयो । एक दशकपहिले स्थापना भएको सदनले गरीब, दुःखी, वृद्धवृद्धालाई सहयोग तथा सामाजिक काम गर्दै आइरहको सदनका अध्यक्ष तुलसीराम पोखरेलले जानकारी दिनुभयो ।
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast