सोमबार, असोज ६, २०७६
    अावास-निर्माण

    त्रिभुवन विमानस्थल आइतबारदेखि पुन: ७ घन्टा बन्द हुँदै, बिचमा ३० मिनेट खोलिने !!

    शुक्रबार, १३ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, १३ भदौ ।

    नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल आगामी आइतबार (सेप्टेम्बर १)देखि दैनिक ७ घन्टा बन्द हुने अधिकारीहरूले बताएका छन् ।

    आइतबारदेखि राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द हुने छ ।

    तर, नेपाल वायुसेवा निगमले बिहीबारदेखि सुरु गरेको जापानको ओसाका उडानका दिन विमानस्थल मर्मतको कार्य आधा घन्टा स्थगन गरिने छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरण मातहतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका अनुसार, विमानस्थल रिह्याबिलिटेसन (जिर्णोद्वार) को काम भदौ १५ देखि सुरु भई पुस १५ गतेसम्म सञ्चालन हुने छ । यस अवधिमा ७ घन्टा विमानस्थल बन्द हुने छ । दोस्रो चरणमा धावनमार्गको मध्यरेखामा लाइट राख्ने, ट्याक्सी-वे, एप्रोन र धावनमार्ग जोड्ने लिंक रोड, धावनमार्गसँग जोडिएका ड्रेन र्ममर्त आदिको काम हुने छ ।

    यसअघि तीन महिना (चैत ११ देखि असार १६ गतेसम्म) १० घन्टा आंशिक उडान बन्द गर्दै पहिलो चरणको धावनमार्ग रिह्याबिलिटेसन (जीर्णोद्वार) को काम गरिएको थियो । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast