मंगलवार, कार्तिक २६, २०७६
    ओएमजी Omg!

    गिदखोरामा अजिङ्गर फेला परेपछि...

    शुक्रबार, १३ भाद्र २०७६, आहाखबर
    सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका– ३ गिदखोरा टोलको पोखरीमा फेला परेको अन्दाजी ७ फिट लम्बाई र १० केजी वजन भएको दुर्लभ अजिङ्गरलाई नियन्त्रण लिएपछि देखाउँदै प्रहरी । तस्वीर : अरुणकुमार यादव

    सप्तरी, १३ भदौ

    हनुमाननगर कङ्कालिनी नगरपालिका–३ स्थित गिदखोरामा आज एक अजिङ्गर फेला परेको छ । खाडलमा माछा मार्ने क्रममा स्थानीयवासीले सात फिट लामो १० किलो तौल भएको अजिङ्गर फेला पारेपछि त्यसलाई नियन्त्रणमा लिई भारदहस्थित इलाका प्रहरी कार्यालयमा बुझाएका थिए ।

    उक्त अजिङ्गर  रुपनगरस्थित इलाका वन कार्यालयका सहायक वन अधिकृत उमेश यादवको टोलीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताउनुभयो । वन कार्यालयले पनि कोशीटप्पु वन्यजन्तु आरक्षलाई उक्त  अजिङ्गर बुझाउने जनाइएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast