सोमबार, असोज ६, २०७६
    बैंक-बीमा

    दशैका लागि नयाँ नोट : यस्तो छ राष्ट्र बैंकको तयारी

    शुक्रबार, १३ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, १३ भदौ 

    गत वर्ष जस्तै यस वर्ष पनि नेपाल राष्ट्र बैंकले सुर्वसाधारणका लागि नयाँ नोट ल्याउने तयारी सुरु गरेको छ ।  ।

    यस वर्ष राष्ट्र बैंकले रु १३ अर्ब बराबरको नयाँ नोट सटही गर्दै छ । राष्ट्र बैंकले रु १८ हजार ५ सयसम्मका खुला नोट माग गर्नेलाई नयाँ नोट तथा सोभन्दा बढी माग गर्नेलाई सुकिला नोट दिने राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकले गत वर्ष देखि नै सर्वसाधारणको सहुलियतका लागि राष्ट्रिय पर्वमा नयाँ नोट सटही गर्दै आएको छ ।

    राष्ट्र बैंकले नव वर्ष, उभौली पर्व, छठ, बुद्ध जयन्ती, क्रिसमस, फागुन्गुनन्द जयन्ती, गणतन्त्र दिवस, जनैपूर्णिमा, ल्होसार, इन्द्रजात्रालगायतका राष्ट्रिय पर्वहरुमा नयाँ नोट सटही गर्न पाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।कुन कुन स्थानबाट सटही हुने भन्ने विषयमा राष्ट्र बैंकले छलफल गरिरहेको छ । 

    यसअघि भने दशैं र तिहारमा मात्रै नयाँ नोट सटही हुँदै आएका थिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast