सोमबार, असोज ६, २०७६
    मुभी-थिएटर

    'साहो' फिल्म समीक्षा : दमदार एक्सन बिच कमजोर कथा

    शुक्रबार, १३ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, १३ भदौ 

    फिल्म साहोका लागि प्रभासका प्रशंसक अत्यधिक उत्साहित छन् । शुक्रवार फिल्म रिलिज भइसकेको छ । 

    बलिउडको सबभन्दा महंगो फिल्म मानिएको साहोमा दमदार एक्सन सिक्वेन्स र विशाल स्टारकास्ट छ । फिल्मको कथामा निकै ट्विस्ट र टर्न छ । हिरोसमक्ष अनेकौं भिलेन आइलाग्छन् । 

    फिल्मको कथा मुम्बईमा भएको ठूलो डकैतीबाट शुरू हुन्छ । एउटा ब्ल्याक बक्सको खोजीमा सबैजना हुन्छन् र त्यसैमा सबैको भाग्यको साँचो हुन्छ । अनि कथा अनेकौं शहरमा जोडिँदै जान्छ । 

    फिल्ममा शुरूबाटै एक्सन छ । शुरूमै प्रभासको दमदार स्क्रीन प्रजेन्स देख्न पाइन्छ । उनी आफ्नो रोलमा फिट देखिन्छन् । तर बाहुबलीको जस्तो चार्म उनले यसमा देखाउन सकेका छैनन् । फिल्ममा उनको डाइलग डेलिभरी स्लो छ ।

    उनको पात्रलाई रहस्यमयी बनाइएको भएर शायद डाइलग डेलिभरी स्लो राखिएको हो । दर्शकहरू प्रभासको चरित्रको अनुमान लगाउँदै बस्छन् । 

    श्रद्धा कपूर फिल्ममा ग्ल्यामरस देखिएकी छन् तर उनको पात्र कमजोर छ । एक मजबूत प्रहरी हुनुको साटो उनलाई अबला देखाइएको छ जसलाई नायकले घरिघरि बचाउनुपर्ने हुन्छ । प्रभास र श्रद्धाको केमिस्ट्री पनि जमेको छैन । 

    भिलेनको कुरा गर्दा चंकी पाण्डेले प्रभाव छोड्छन् । अरू भिलेन चाहिँ कमजोर छन् । फिल्मको संगीत राम्रो छ तर गीतहरू जथाभावी राखिएको छ । गीतहरूका कारण फिल्म अनावश्यक लामो तन्किएको छ । फिल्मको एक्सन सिक्वेन्स त दर्शकले मन पराउँछन् तर स्पेसल इफेक्टहरू रद्दी छन् । मुख्य कुरा त फिल्मको स्टोरीलाइन नै कमजोर छ र निर्देशन पनि उम्दा छैन । निर्देशक सुजीतले एउटा राम्रो अवसर गुमाएका छन् । 


    फिल्म : साहो
    कलाकार : प्रभास, श्रद्धा कपूर, ज्याकी श्रोफ, नील नितिन मुकेश, चंकी पाण्डे
    निर्देशक : सुजीत
    विधा : एक्सन थ्रिलर
    अवधि : २ घन्टा ५१ मिनट
    रेटिङ : ५ मा २.५ तारा

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast