शनिबार, जेष्ठ १७, २०७७
    राज्य-समाज

    नेपाली सेना मोटाएपछि भारतीय मिडियामा चर्चा, ७ जना अधिकृत कारवाहीमा !!

    शुक्रबार, १३ भाद्र २०७६, आहाखबर
    (फाईल तस्बिर)

    काठमाडौं, १३ भदौ ।

    नेपाली सेना मोटाएपछि भारतीय मिडियामा चर्चाको विषय बनेको छ ।

    नेपाली सेनाका सातजना अधिकृतहरु मोटाएका कारण नेपाली सेनाले कारवाही प्रक्रिया अघि बढाएको विषय चर्चामा आएको हो । 

    विभिन्न सञ्चार माध्यममा सो सम्बन्धी समाचार प्राथमिकताका साथ प्रकाशित गरिएका छन् । 

    द स्टेट्सम्यानले त्यसरी तौल बढी भएका कारण तीन जना अधिकृतलाई बढुवा अस्वीकार गरिएको र चार जनालाई संयुक्त राष्ट्रसंघको मिसनमा जान रोक लगाइएको जनाइएको छ ।  सैनिक अधिकारीहरु नियमित रुपमा शारीरिक फिटनेस टेस्टमा जानुपर्ने समेत समाचारमा जनाइएको  छ ।  

    तोकिएको समयमा तौल ठीक नराखे उनीहरुलाई कारवाही गर्ने व्यवस्था भएको समेत समाचारमा जनाइएको छ ।  नेपाली सेनाले सन् २०१८को फेब्रुअरी १५मा स्वास्थ्य सम्बन्धी मापदण्ड सार्वजनिक गरेको समाचारमा जनाइएको छ ।

    नेपाली सेनालाई तीन महिनादेखि तीन वर्षसम्म तौल चुस्त दुरुस्त राख्न समय दिइने गरेको र महिलाको लागि १ वर्षको समय दिने गरिएको जनाइएको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast