बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    मुलुककाे विकासका लागि युवा नेतृत्व अपरिहार्य : नेता महर

    बिहिवार, १२ भाद्र २०७६, आहाखबर

    काठमाडाैं, १२ भदाै ।

    नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय अध्यक्ष एवम् कांग्रेस नेता नैनसिंह महरले राजनीतिमा युवा युवाकाे सहभागिताकाे खाँचाे औंल्याएका छन् । राजनीतिमा युवा युवाकाे सहभागिताले मात्रै मुलुक आफै विकासको दिशामा अगाडि बढ्ने उनकाे भनाइ छ । 

    आज राष्ट्रिय सभा गृहमा युवा र राजनीति विषयक विचार गोष्टिमा बोल्दै नेता महरले देश परिवर्तनका लागि युवाको भूमिका अपरिहार्य रहेको बताएका हुन् । युवा निर्णायक तहमा पुगेको देशको प्रगति चाडो भएको बताउँदै उनले नेपालमा पनि युवा नेतृत्व अपरिहार्य रहेको धारणा राखेका हुन् । 

    कांग्रेसलाई गति दिन वीपि कोइरालाले युवालाई अगाडि सार्ने गरेको उदाहरण दिँदै उनले अहिले पनि युवालाई अवसर र स्थान दिनुपर्ने धारणा रोख । पाका नेताको अनुभव र युवाको जोशलाई मिलायर लान सके पार्टी र देश दुवै बलियो हुने उनको धारणा थियो । 

    स्वयम् युवा पनि देश विकासका लागि जाग्नुपर्ने उनले बताए । ‘युवा जागे देश जाग्छ’, उनले भने, ‘त्यसैले युवाले पनि अभिकार प्राप्तिका लागि लड्दै गर्दा आफूले गरेको योगदानको पनि स्वयम्ले आत्म मूल्याङ्क गर्नुपर्छ । यसरी अगाडि बढे युवा कहिले फेल हुँदैनन् ।’

    फरक प्रसंगमा बोल्दै नेता महरले पार्टीले आफूलाई नेविसंघको नेतृत्वबाट राजीनामा गर्न लगायर अहिलेसम्म नयाँ नेतृत्व ल्याउन नसकेकोमा दुःख व्यक्त गरे । ‘पार्टीको अपेक्षा अनुसार राजीनामा दिएँ’, उनले भने, ‘तर, पार्टीले युवाको ठुलो जमात रहेको नेविसंघलाई गतिहिन बनायो । जुन दुखद् हो ।’ उनले चाडै हाम्रा भन्दा राम्राले नेतृत्व पाउनेमा आफू विश्वस्त रहेको धारणा रोका थिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast